
काठमाडौँ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सत्य र न्यायका लागि पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ ।
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले सत्य र न्यायको पक्ष लिन पार्टीको सदस्यता त्याग्न अनुरोध गर्नुभएको हो । उहाँले शिक्षकहरुलाई विधिसम्मत बस्ने कि अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायामा बसिरहने भन्ने विषयमा छान्न अनुरोध गर्नुभएको छ ।
बुईमा चढाएर सत्तामा पुर्याएका नेताहरूले नै दमन गरेको उहँको भनाई छ । ‘जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई चढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले नै तपाईंहरू माथि गरेको दमनले उहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला,’ उहाँले लेख्नुभएको छ ।
सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि शिक्षकहरूलाई कसरी हेर्छन् भन्नेबारेमा आजको घटनाबाट प्रस्ट भएको उहाँको भनाई छ ।
पहिले देशको व्यवस्था परिवर्तन गर्न विभिन्न काल खण्डमा योगदान दिएको बताउँदै व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न असफल भएको उहाँको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै