
काठमाडौँ । सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाएपछि रास्वपाको पहिलो सचिवालय बैठक आज बस्दैछ ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेश उल्टाएर उच्च अदालतले गत शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो ।
अदालतको आदेशपछि लामिछाने शुक्रबार पक्राउ परेका थिए । रास्वपा सचिवालयको आकस्मिक बैठक सोही दिन बसे पनि एजेन्डासहित आज ४ बजे बैठक बस्न लागेको हो ।
बैठकमा समसायमिक राजनीतिक र पार्टी गतिविधिका विषयमा छलफलसहित पाँचवटा एजेन्डा तय गरिएका छन् । लामिछानेको पक्राउबारे पार्टीको आधिकारीक धारणा तय गर्नुका साथै अधिवेशन कार्यक्रम र जनयात्रा सम्पन्न गर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने
- अब निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
- कोरलामा व्यापारिक चहलपहल बढ्यो
- ‘द्वन्द्वकालका जघन्य अपराधलाई माफी दिन सकिँदैन’
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’