
सिरहा । सिरहामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन नेता कार्यकर्तालाई सरकारी खर्चमा इन्धन बाँडिएको छ ।
ओलीको उपस्थितिमा सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको एघारौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण गरिएको हो ।
चोहर्वास्थित गोपाल पेट्रोल पम्पमा सवारीसाधनमा इन्धन वितरण गर्ने कामको अगुवाइ गर्दै भेटिएका एमाले कार्यकर्ता गुगली यादवका अनुसार, मोटरसाइकललाई २ लिटरसम्म, ट्याक्टरलाई १० लिटर र बसलाई १५ लिटरसम्म डिजेल तथा पेट्रोल वितरण गरिएको छ । यो इन्धन सरकारी कोषको दुरुपयोग गर्दै वितरण गरिएको पाइएको छ ।
जिल्लाका एमाले नेतृत्वका पालिकाहरूले आफ्नो खाता चल्दै आएको पेट्रोल पम्पहरूबाट इन्धन बाँडेको पाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- ‘राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी’
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- तोलाको १ लाख ९० हजार नाघ्यो सुन
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- भीमफेदीमा गुडिरहेको कारमा आगलागी
- आज देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
- मकवानपुरमा यात्रीबस दुर्घटना, १६ जना घाइते
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’