
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने भएको छ । वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणासहित ७३ जनालाई थप हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
मंगलबार राज्यविरुद्धको कसुरमा पक्राउ परेकालाई १५ दिन र आपराधिक उपद्रवको कसुरमा पक्राउ परेकालाई २० दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभएको छ ।
मिश्र र राणासहितका २० आरोपितलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ । उनीहरूलाई तेस्रो पटक १५ दिन हिरासतमा राख्न जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले अनुमति दिएको होे ।
यस्तै आपराधिक उपद्रवमा ५३ जनालाई थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीहरूले चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शन गर्दा व्यक्ति तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए ।
७३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्हरीले प्रसाईंसहितका फरारको पनि खोजी गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- ‘राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी’
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- तोलाको १ लाख ९० हजार नाघ्यो सुन
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- भीमफेदीमा गुडिरहेको कारमा आगलागी
- आज देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
- मकवानपुरमा यात्रीबस दुर्घटना, १६ जना घाइते
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’