+

वर्ष कारोबारको अन्तिम दिन : घट्यो नेप्से

काठमाडौँ । वर्ष कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । 


नेप्से परिसूचक आइतबार ८ दशमलव ६२ अंकले घटेर २ हजार ६ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३ सय २२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर, ५४ हजार ३ सय ६१ पटक खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २ सय ४५ रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १४, लगानी एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव २६ र निर्जीवन बीमा शून्य दशमलव ०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७७, वित्त शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ४५, जीवन बीमा शून्य दशमलव ६१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त शून्य दशमलव २६, व्यापार एक दशमलव ४० र अन्य समूह शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।

गुडविल फाईनान्स लिमिटेड डिबेञ्चर–२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको ४५ करोड ३२ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । 

संख्याका आधारमा भने सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ८ लाख ९४ हजार ५ सय १० कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै