
मुस्ताङ । यहाँ सञ्चालित प्रादेशिक कार्यालयहरूको चालु आर्थिक वर्षको प्रथम ६ महिनाको पुँजीगत खर्च निराशाजनक देखिएको छ भने सङ्घीय कार्यालयको खर्च भने सन्तोषजनक पाइएको छ ।
जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका निम्ति विनियोजित बजेटको अनुपातमा यहाँका प्रादेशिक कार्यालयको खर्च निराशाजनक र सङ्घीय कार्यालयतर्फको सन्तोषजक पाइएको हो ।
सङ्घीयतर्फ साविकका कार्यालय जनशक्ति यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजन रहे पनि प्रादेशिकतर्फ नयाँ कार्यालय थपिएका, जनशक्ति अभाव र प्रदेश सरकारको अस्थिरता लगायत कारणले प्रादेशिक खर्च अपेक्षाअनुरुप हुन नसकेको कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले बताउनुभयो ।
चालु आवका लागि सङ्घीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कूल ३ अर्ब ७९ करोड ८६ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएकामा एक अर्ब ६६ करोड रुपैयाँँ बजेट खर्च भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार चालु वर्षका लागि मुस्ताङका पाँच स्थानीय तहलाई ९७ करोड ३८ लाख २७ हजार वित्तीय हस्तान्तरण बजेट विनियोजन भएकामा साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भइसकेको छ । सङ्घीय कार्यालय र सङ्घीय अनुदान वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड ३९ लाख बजेट विनियोजन भएकामा समीक्षा अविधिमा एक अर्ब ४१ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ ।
पाँच करोड ६० लाख राजस्व
चालु आर्थिक वर्षको ६ महिनामा ५ करोड ६० लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सङ्घीयतर्फ चार करोड २८ लाख ७४ हजार तथा प्रदेशतर्फ एक करोड ३१ लाख ५९ हजार रुपैयाँँ सङ्कलन भएको हो । त्योरकम सङ्घीयतर्फका १४ र प्रदेशका ९ वटा कार्यालयले असुल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड
- शिक्षकहरुले दिउँसै बत्ती बालेर खोजे सरकार
- हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा भेटिए
- जनतालाई सेवा दिएर लोकतन्त्र बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
- बल्खुमा राप्रपाको शक्ति प्रदर्शन
- अध्यक्षमा मिश्र, महासचिवमा कोइराला अगाडि
- ताप्लेजुङका चुचुरामा मानव पाइला पुग्दै
- विद्युतीय धरापमा परेर बालिकाको मृत्यु