+

छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाखको क्षति

झापा । जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा शनिबार राति आगलागी हुँदा  १९ लाख ६० हजार रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
 
गए राति नै झापा गाउँपालिका–७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटीले बनेको तीनकोठे घर र सामान जलेर पूर्ण रूपमा क्षति पुगेको छ ।  त्यो घर नजिकै रहेको ग्वाली कोठामा क्षति पुग्दा २ लाख ५० हजार रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुनिउमा आगलागी भएको छ । यसरी अचानक आगलागी हुँदा धान र कुनिउ जल्दा २ लाख १० हजार  रुपैयाँ बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । 

प्रनाउ चन्दका अनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट