+

प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई

गण्डकी । साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएबापत साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ ।

लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आउनुभएका समीपलाई लमजुङ–पोखरा सम्पर्क समितिले आउने  शनिबार पुरस्कार प्रदान गर्न लागेको हो । समितिका अध्यक्ष कृष्ण गिरीका अनुसार साहित्यकार कल्याण पन्तको संयोजकत्वमा छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो । 

सम्पर्क समितिका संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थापितपुरस्कारको राशि दश हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । साहित्यकार समीपका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) प्रकाशित छन् ।

 हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट