+

फेरि घट्यो नेप्से

काठमाडौँ ।  शेयर कारोबार मापक नेप्से परिसूचक फेरि  घटेको छ । 

नेप्से परिसूचक आज एक दशमलव ८८ अंकले ओरालो लागेर २ हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ ।

आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अंकले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ ।  कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लागेको छ ।

कूल एक करोड १६ लाख आठ सय ६९ कित्ता शेयर, ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ रुपैयाँमा कारोबार भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैङ्कको शेयर मूल्य १० प्रतिशतले बढेको छ । बलेफी हाइड्रोपावर नौ दशमलव ९८, पिपुल्स हाइड्रोपावर कम्पनीको नौ दशमलव १२, समृद्धि फाइनान्स कम्पनीको आठ दशमलव ७९ र राप्ती हाइड्रोका लगानीकर्ताले सात दशमलव ८० प्रतिशतले कमाएका छन् ।

आजको कारोबारमा नेपाल फाइनान्स आठ दशमलव २६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर आठ दशमलव २३, समाज लघुवित्त वित्तीय संस्था छ दशमवल २१, युनाइटेड मोदी हाइड्रोपावर चार दशमवल शून्य तीन र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ५७ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै