काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् ।
मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध भएर गण्डकीमा विभिन्न पटक मन्त्री समेत बनेका दीपकलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगबार मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेरको हो । मनाङेविरुद्धको मुद्दामा सर्वोच्चले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो।
उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । मनाङेलाई अदालतले त्यही मुद्दामा दोषी ठहर गरेको हो । अदालतले मनाङेलाई ५ वर्षको कैद सजाय तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- घट्दै टेलिकमबाट राजस्व
- एमसिसीले थप ६ अर्ब ८० करोड सहायता प्रदान गर्ने
- वीरगञ्जबाट धानचामल आयात बढ्यो
- मुगुमा भूकम्प
- १९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत
- प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
- बझाङमा फेरि अर्को जीप दुर्घटना, चालकको मृत्यु
- आज देशभरको मौसम सफा रहने पूर्वानुमान
- बझाङ जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
- विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना