कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।
सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई आज अदालतमा पेश गरिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । सभापति लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- घट्दै टेलिकमबाट राजस्व
- एमसिसीले थप ६ अर्ब ८० करोड सहायता प्रदान गर्ने
- वीरगञ्जबाट धानचामल आयात बढ्यो
- मुगुमा भूकम्प
- १९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत
- प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
- बझाङमा फेरि अर्को जीप दुर्घटना, चालकको मृत्यु
- आज देशभरको मौसम सफा रहने पूर्वानुमान
- बझाङ जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
- विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना