चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् ।
दशैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ्याउँदा पाइपबाट पानी निस्किएको बताउनुभयो । शुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुनसक्छ । नत्र तार हाल्न विछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला ।’ टेलिकमको पाइपमा कहाँबाट पानी छि-यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उहाँले बताउनुभयो ।
नारायणगढदेखि गोन्द्राङसम्म छ लेनको सडक विस्तार भइरहेको छ । त्यो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ । कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कहाँबाट पानी छि यो, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ । सडक डिभिजनलाई भनेका छौँ ।’
भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले भन्नुभयो– ‘हामीले दशैँ अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँं, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- घट्दै टेलिकमबाट राजस्व
- एमसिसीले थप ६ अर्ब ८० करोड सहायता प्रदान गर्ने
- वीरगञ्जबाट धानचामल आयात बढ्यो
- मुगुमा भूकम्प
- १९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत
- प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
- बझाङमा फेरि अर्को जीप दुर्घटना, चालकको मृत्यु
- आज देशभरको मौसम सफा रहने पूर्वानुमान
- बझाङ जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
- विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना