
पर्वत । पर्वत जिल्ला अस्पतालमा चार दशकपछि खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो ।
जिल्ला अस्पतालले कुश्मा नगरपालिका–५ गोपाङघाटबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो । कालीगण्डकी नदीको किनारमा रहेको मुहानदेखि लिफ्टिङ गरिएको पानी अस्पताल हाताभित्र निर्माण गरिएको एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरिएको छ ।
अस्पतालमा खानेपानी अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालले रकम लगानी गरेका थिए । यसअघि अस्पतालले ट्याङकरबाट पानी आपूर्ति गर्दा वार्षिक रु छ लाख व्यहोर्दै आएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाका अनुसार पन्ध्र शय्याको अस्पतालले हाल ५० शय्या राखेर सेवा प्रवाह गरिरहेको छ । अस्पतालले गत वर्ष ५८ हजार छ सय २६ बिरामीको सेवा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी