
अछाम । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आज यहाँ देवकोटा स्मृति काव्य उत्सव सम्पन्न भएको छ ।
देवकोटाहरूको उद्गम थलो अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ मा उत्सव सम्पन्न भएको हो । देवकोटा बन्धु समाजको आयोजनामा उत्सवमा साहित्यिक, सांस्कृतिक, देउडा अनि देउसीभैलो कार्यक्रम गरिएको थियो । देशभर छरिएर रहेका देवकोटा बन्धुहरूलाई आफ्नो इतिहासबारे जानकारी दिन उत्सव आयोजना गरिएको समाजका अध्यक्ष नवराज देवकोटाले बताउनुभयो ।
देवकोटाको इतिहास हराउँदै गएको अवस्थामा लक्ष्मीप्रसाद देवकोटाका पुर्खा ढकारीबाट बसाइँ सरेका तथा त्यसबारे देशवासीलाई जानकारी दिन तथा उक्त स्थललाई चिनाउन गाउँपालिकाले महाकवि देवकोटाको सालिक स्थापना गर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले घोषणा गर्नुभयो ।
उत्सवमा कवि पहल असिम, कमलराज केसी, मनोज विवश, नेत्रप्रसाद उपाध्यायले लक्ष्मीप्रसादको सम्झनामा कविता सुनाउनुभएको थियो भने गजलकार जीवन सरोवर, लक्ष्मण सङ्गम, खेम बगर, जनक अधिकारी लगायत गजलकारले गजल तथा रचना सुनाउनुभएको थियो । देउडा गायक राजाराम भाटले देउडा गीतमार्फत महाकविको स्मरण गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी