
सप्तरी । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१र८२ को तीन महिनामा दुई करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ ।
सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१ र ८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख छ हजार एक सय २० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताउनुभयो ।
सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।
विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको त्यो कार्यालयबाट आव २०८०र८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ रुपैयाँ राजस्व सङ्कलन भएको थियोभने २०७९ र ८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५ रुपैयाँ सङ्कलन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री