
काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनबाट मुलुकको पर्यटन क्षेत्रमा अभाव खड्किएको यस क्षेत्रका विज्ञहरुले औँल्याएका छन् ।
मिश्रको सम्झनामा प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आज आयोजना गरेको शोकसभाका वक्ताले पर्यटन क्षेत्रका सिद्धहस्त व्यक्तिको निधनले पर्यटन क्षेत्रलाई मर्माहत तुल्याएको बताए ।
पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन र नेपाल गन्तव्यबारे अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न मिश्रको योगदान अतुलनीय रहेको बताउनुभयो । ‘मिश्रको निधनबाट पर्यटन क्षेत्रमा अभाव महसुस भएको छ’ उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय पर्यटन मेलामार्फत नेपाललाई विश्वभर पहिचान गराउन पनि उहाँको उत्तिकै योगदान छ । आत्मीय, समाजसेवी र भिजनरी व्यक्तित्व मिश्रले देखाएको बाटोमा अगाडि बढ्नसके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।ण्┌
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले मिश्रको निधनले पर्यटन क्षेत्रको अभिभावक गुमाएको भन्दै उहाँले अगाडि सारेका अभियानलाई निरन्तरता दिएर नेपालको पर्यटन क्षेत्रलाई थप गतिशील र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
पर्यटन व्यवसायी योगेन्द्र शाक्यले नेपाली पर्यटन क्षेत्रका पायोनियर मिश्रको निधनले पर्यटन क्षेत्रमा गहिरो क्षति पुगेको बताउनुभयो । पाटा नेपालका पूर्व अध्यक्ष आर आर पाण्डेले दिगो पर्यटन विकास र वातावरण संरक्षणमा मिश्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । पाटा नेपालका अर्का पूर्व अध्यक्ष विभूतीचन्द ठाकुरले मिश्रसँगको बाल्यकालदेखि व्यावसायिक जीवनका विभिन्न आयामहरुको स्मरण गराउनुभयो ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेमराज लकाईले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न मिश्रले खेलेको भूमिकालाई नयाँ पुस्ताले आत्मसाथ गरेर अगाडि बढ्नसक्नुपर्नेमा जोड दिनुभयो । पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं व्यवसायीको सहभागितमा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष मिश्रको सम्झनामा शोकसभा आयोजना गरिएको हो ।
मिश्रको कात्तिक ४ गते उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो । ‘टेम्पल टाइगर ग्रुप अफ कम्पनी’का अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी