+

उच्च अंकले बढ्यो नेप्से

काठमाडौँ ।  शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । परिसूचक आज ४९ दशमलव १८ ले उकालो लागेर २ हजार ५ सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो ।

अघिल्लो दिन ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३ सय ५६रुपैयाँ  मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार ४  रुपैयाँबराबरको कारोबार भएको छ । कूल एक करोड २४ लाख ९४ हजार ९ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर करोबार भने खुम्चिएको नेप्सेले जनाएको छ । 

आज बैङ्किङ १.८, विकास बैङ्क २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढेका छन् । विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै