
काठमाडौँ । मुलुकको दिगो विकासका लागि हरित अर्थतन्त्र निर्माण गर्न त्यसका आधार तयार पारिनुपर्ने धारणा जानकारहरुले राखेका छन् ।
आज आयोजित ‘एशियन क्रेडिट सप्लिमेन्टेसन इन्सिच्युसन कन्फेडेरेसन’ (एसिक्स) को ३६औँ सम्मेलनको अन्तिम सत्रका सहभागी वक्ताहरुले हरित अर्थतन्त्रको आधार निर्माण गरिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
हरित वित्त (ग्रिन फाइनान्स), समिश्रित वित्त ९ब्लेन्डेड फाइनान्स०, सार्वजनिक निजी साझेदारी (पिपिपी) लगायतका विभिन्न अवधारणामार्फत् दिगो र हरित अर्थतन्त्र निर्माण गर्न सकिने सुझाव जानकारबाट आएको हो । सम्मेलनका क्रममा ‘प्रकृतिका लागि लगानी’ शीर्षकको अन्तिम सत्रका वक्ताहरुले नेपालको नीति निर्माण तहमा समेत हरित अर्थतन्त्रको अवधारणा नयाँ रहेको र विस्तारै कार्यान्वयन हुने क्रममा रहेको यसलाई थप परिस्कृत तथा व्यवस्थित तुल्याउन अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासलाई अवलम्बन गरिनुपर्ने धारणा राखेका हुन् ।
सम्मेलनमा कृषि विकास बैंकका नायव महाप्रबन्धक बाबुकाजी थापाले नेपालको बैंङ्किङ क्षेत्रका लागि पनि हरित वित्तको अवधारणा नयाँ रहेको र बैंक तथा वित्तीय संस्थाले यसको महत्व तथा आवश्यकता पहिचान गर्न नसकेको बताउनुभयो ।
‘केन्द्रिय बैंकले केही कृषि, ऊर्जालगायत क्षेत्रमा क्षेत्रगत कर्जासम्बन्धी व्यवस्था गरे पनि हरित वित्तको अवधारणा हाम्रो लागि नयाँ हो । यो किन आवश्यक छ भन्नेकुरामा पनि हामी अझै स्पष्ट भइसकेका छैनौँ’, उहाँले भन्नुभयो । कृषि र प्राकृतिक स्रोतमा आधारित व्यवसाय गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितोको माग गर्ने र साना किसानका लागि धितोको समस्या हुने भएकाले उनीहरुलाई त्यसमा सहजीकरण गरिनुपर्ने महाप्रबन्धक थापाको भनाइ छ ।
विजनेस अक्सिजन प्रालिका प्रमुख कार्यकारी अधिकृत सिद्धान्त पाण्डेले नेपालले न्यून सम्भाव्यता कोष (भ्यायबिलिटी ग्याप फन्डिङ–भिजिएफ) सम्बन्धी कानुनी आधार तयार पारे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । विभिन्न क्षेत्रमा लगानी बढाउनका लागि भिजिएफको आवश्यकता उहाँले औँल्याउनु भएको छ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य र सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनसम्बन्धी लक्ष्य प्राप्तिका लागि पनि नेपालले तथा हरित लगानीलाई प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।
विश्व बैंकका वरिष्ठ निजी क्षेत्र विशेषज्ञ नतासा कपिलले साना तथा मझौला उद्योगमा नवप्रवर्तनमा आधारित र प्रविधिको प्रयोगबाट उत्पादन एवम् उत्पादकत्व बढाउन सकिने धारणा राख्नुभयो । साना तथा मझौला उद्योगले मुलुकको अर्थतन्त्रको समग्र पारस्थितिक प्रणालीमै महत्वपूर्ण भूमिका खेल्ने भएकाले कृषि र प्रविधिमा आधारित साना व्यवसाय प्रवद्र्धनलाई नेपालले प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गयो
- रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुन्न आदेश
- ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
- नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
- जनमोर्चाले गणतन्त्र र राष्ट्रियता रक्षाको लागि अभियान थाल्ने
- भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली
- गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाद्वारा प्रदर्शन
- ‘देश र जनताको सेवामा रातदिन खटिँदा पनि मलाई बर्खास्त गरियो’
- हावाको गतिले घटायो वायु प्रदूषण
- बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न