+

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपाली नाट्यविमर्श’ विमोचन

काठमाडौँ ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले नाट्य विधा अभिव्यक्तिको एउटा सशक्त माध्यम भएको बताउनुभएको छ ।

नेपाल नाट्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाली नाट्यविमर्श’ को लोकार्पण कार्यक्रममा उहाँले साहित्यकारहरुले नाटकमार्फत आफ्नो देश र समाजलाई  चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विमोचित ग्रन्थमा  नेपालको इतिहास समेटिएको बताउनुभयो ।

प्रतिष्ठान अध्यक्ष रामचन्द्र पोखरेलले सम्पादन गर्नुभएको उक्त ग्रन्थमा चार खण्ड छन् । ग्रन्थमा नाटक र रङ्गमञ्चसँग सम्बन्धित सामग्री, नाट्यवार्ता, समावेश छन् । 

 कार्यक्रममा नाट्यकर्मीहरु शकुन्तला शर्मा, अशेष मल्ल, सुनील पोखरेल र माधव बराललाई सम्मान गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट