+

दशैँको लागि नयाँ नोट असोज १३ देखि पाइने

काठमाडौँ । यस पाली दशैँको लागि नयाँ नोट असोज १३ गतेदेखि पाइने भएको छ । 

नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैंलक्षित नोट सटही सुविधा खुला गरिने जनाएको छ । दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले  यस पटक भने  सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। 

चाडपर्वलक्षित नोट सटहीको सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै