
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत बहस’ कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिनुभयो ।
‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि एक महिनाभित्र टुङ्ग्याउँछौँ’ मन्त्री भण्डारीले भन्नुभयो– ‘इथानोल उत्पादनले दैनिक दुई लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकामा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको छ ।’ इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जना गर्न समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।
पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सन्दर्भमा पछिल्लो समय चर्चा चलेको छ । विसं २०६० मा नै इथानोल उत्पादन र प्रयोगमा नीति बनेपनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयाल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- हेटौँडा सिमेन्टद्वारा आजदेखि पुनः उत्पादन शुरु
- रवि लामिछानेलाई भैरहवा जेलमा राखियो
- प्रधानमन्त्रीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त
- बार निर्वाचनको मतगणना शुरु
- एकीकृत समाजवादीद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह
- दुर्गा प्रसाईं हावा मान्छे : प्रचण्ड
- कुलमानको समर्थनमा आज फेरि माइतीघरमा प्रदर्शन
- ‘गणतन्त्र गिरिजा र मेरो प्रयासमा आयो, प्रचण्डजी त पछि मात्रै आउनुभएको हो’
- भीड नियन्त्रणमा राज्यको ज्यादती : अर्धस्वचालीत हतियारबाट अन्धाधुन्द गोली प्रहार
- सात समूहले लिए सगरमाथा आरोहण अनुमति