+

नेप्से ओरालो, कारोबार पनि घट्यो

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । 

नेप्से परिसूचक आइतबार २५ दशमलव ४६ अंकले ओरालो लागेर २ हजार ७ सय १ दशमलव ९० मा सिमित भएको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ६३ अंकले ओरालो लागेर ४ सय ७९ दशमलव ७२ मा सीमित भएको छ । 


कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने कमी भएको छ । कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर, १० अर्ब १२ करोड २४ लाख ८ जार दुई सय ४८ रुपैयाँमा खरिद बिक्री भएको छ । 

आज  माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना इञ्जिनियरिङ हाइड्रोपावर ९ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ प्रतिशतले कमाएका छन् । 

थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै