+

फेरि घट्यो नेप्से

काठमाडौँ ।  शेयर कारोबार मापक नेप्से परिसूचक फेरि घटेको छ । नेप्से परिसूचक बिहीबार  ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर २ हजार ७ सय ४९ दशमलव ५७ मा ओर्लेको छ ।

आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ३५ अंकले ओरालो लागेर ४ सय ८९ दशमलव ७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा कमी आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ ।

कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर, १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३ सय ६५ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

रसुवागढी हाइड्रोपावर ९ दशमलव ९९, मिड सोलु हाइड्रोपावर ८ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ६२ प्रतिशतले कमाएका छन् ।

थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर ५ दशमलव शून्य ८, तारागाउँ रिजेन्सी होटल ४ दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै