+

उकालो लाग्यो नेप्से

काठमाडौँ । सातामा कारोबारका अघिल्ला २ दिन लगातार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य रुपमा बढेको छ । 

नेप्से परिसूचक बुधबार ३ दशमलव ८० अंले बढेर २  हजार ७ सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको छ ।आज २ सय २६ कम्पनीको ३ करोड ५० लाख सात हजार ३९ कित्ता शेयर, १ लाख ६८ हजार १ सय ७५ पटक खरिदबिक्री हुँदा  १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३ रुपैयाँबराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन शून्य दशमलव ०९, जलविद्युत् शून्य दशमलव ४९ र लगानी एक दशमलव ०१ प्रतिशतले बढेको छ । 

उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३, म्युचुअल फण्ड शून्य दशमलव ९३ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । व्यापार एक दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ९७, लघुवित्त एक दशमलव ०८, जीवन बीमा शून्य दशमलव ४४, वित्त एक दशमलव ६९ र विकास बैंक शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।

लिबर्टी इनर्जी कम्पनी लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६ दशमलव ८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडको  ४३ करोड सात लाख ८६ हजार नौ सय बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिस सिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १० लाख ६० हजार दुई सय ८४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै