+

बढ्यो नेप्से, १९ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक (नेप्से) परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । 

बिहीबार नेप्से परिसूचक ६ दशमलव शून्य १ अंकले उकालो लागेर २ हजार ९ सय ७४ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा कमी आउँदा ७ उपसमूहको शेयर मूल्य भने बढेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव ७५ अंकले उकालो लागेर ५ सय ३३ दशमलव ८६ मा पुगेको छ । 

कूल ४ करोड ९ लाख ५१ हजार सात सय २० कित्ता शेयर  १९ अर्ब १६ करोड ६  लाख ५२ हजार ८५ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

एसबिएल डिवेञ्चर १०, एनबिबिएल डिवेञ्चर ३ दशमलव ९५, बोटलर्स नेपाल बालाजु ३ दशमलव ९२, राष्ट्रिय बीमा कम्पनी ३ दशमलव ७३ र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै