+

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अंकले ओरालो लागेर २ हजार ९ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ६५ अंकले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार आज कूल ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता शेयर, २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६ रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य उकालो लाग्दा ९ उपसमूहको शेयर मूल्यमा भने कमी आएको छ । राष्ट्रिय बीमा कम्पन, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।  लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् कम्पनी ८ दशमलव ५२, न्यादी हाइड्रोपावर ८ दशमलव ४६, शुभम पावर ७ दशमलव ७४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै