+

एकता र सद्भावको संगम गोसाइँकुण्ड

यवनाथ अर्याल
प्राचीन कालदेखि नै धर्म, संस्कार र सस्कृतिमा रमाएको हाम्रो समाज आज पनि उत्तिकै महत्व र सदभाव कायम राख्दै अझै विकसित र परिमार्जित हुँदै अगाडि बढदै गएको छ ।  प्रत्येक वर्ष लाग्ने गंगादशहरा (जेष्ठ-अषाढ महिनामा) र गोसाइँ कुण्ड (साउन र भदौ महिनामा पर्ने जनैपूर्णिमा) मेला २०८१ ले परिभाषित गरेको छ ।

गोसाइँ कुण्ड मेला २०८१ मा उस पटक म र रामप्रसाद तिमिल्सेना (भक्तपुर नगरपालिका–१० समेत) ६ जनाको टोली  सहभागी हुने अवसर मिल्यो ।  मलाई यसको विषयमा जानकारी लिन र भ्रमण नगरेका महानुभावलाई सजिलो होस् भन्ने हेतुले यो विषयमा विभिन्न लेख र रचना संकलन गरि यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु सवैका लागि यो जानकारीले भ्रमणमा पक्कै पनि सहजहुनेछ भन्ने विश्वास लिएको छु।

दिपकिरण खड्काले एक अनलाइमा उल्लेख गरे अनुसार ‘हिन्दू पौराणिक किंवदन्ती अनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जितेका र देवताहरू भगवान् विष्णुको शरणमा पुगे पश्चात् विष्णु भगवानको सल्लाह अनुसार दानव र देवता मिलेर समुन्द्र मन्थन गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्य पान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिए पछि देवताहरुले दानवहरूलाई फकाइ फुल्याई समुन्द्र मन्थन गर्न सहमत गराए। समुन्द्र मन्थन गर्दा विभिन्न वस्तु निस्कने क्रममा कालकुट विष पनि निस्कियो र कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे कोही मर्न लागे जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्ने भएकाले त्यो अवस्था आउने देखेपछि सबै देवता र दानव भगवान् शिवको शरणमा पुगेपछि, देवाधिपति महादेवले त्यो विष स्वयम् आफैंले सेवन गरे  । उनले विषले गर्दा उनको घाँटी निलो भएकाले महादेवलाई निलकण्ठ पनि भनियो, कालकुट विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे। त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यही त्रिशूलधाराबाट  पानी बगेर गई हालको गोसाइँकुण्ड उत्पत्ति भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ। त्यही कुण्डको बीचमा अहिले पनि भगवान् शिव अर्थात् महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ।

साथै शिवजी र भैरव विषले रन्थनिएर शीतलताको खोजीमा हिमपर्वत निलाद्रीमा पुग्दा निक्कै गाह्रो स्थितिमा पुगिसकेका थिए। शिवजीले अब आफू अर्को पाइला चल्न नसक्ने भनेपछि भैरवलाई पानी ल्याउन भने। भैरव पनि जसोतसो पानीको खोजीमा निस्किए। अलिक तल पुगेपछि सानो मुहान भेट्टाए। उनी पनि चलमल गर्न नसक्ने भए। सानो पानीलाई जसोतसो कुण्ड बनाएर त्यही पानीमा डुबुल्की मारेर बसिरहे। उनी शीतलताको आनन्द लिने क्रममा शिवजीको आदेश भुल्न पुग्छन्। निक्कै लामो समयसम्म पनि भैरव नआएको देख्दा शिवजी भित्र भयानक रिस जाग्छ अनि उनको पालो त्रिशूल निकालेर पहाडमा हान्छन्। त्रिशूलले लागेर तीनतिरबाट पानीको मूल फुट्छ ९जसलाई हाल त्रिशुल धारा भनिन्छ० र त्यही मूलबाट पानीको प्यास मेटाएर शीतलता अनुभूति गर्छन्। अनि भैरवलाई खोज्दै जाँदा अलिक तल कुण्डमा लमतन्न परेर बसेको देख्छन्।

अनि गोसाइँकुण्डमा आएर आफूलाई सम्झेर कसैले वर मागे पूरा गर्छन् रे। तर, कसैले गोसाइँकुण्डमा आएर वर मागेर भैरवकुण्डलाई हेरेमा वर माग्नु र नमाग्नु बराबर हुनेछ भनेका छन् रे। त्यसैले गोसाइँकुण्डमा वर मागेका तीर्थयात्रीहरु भैरवकुण्डलाई नहेरी फर्कन्छन् रे। बौद्ध किंवदन्ती अनुसार तिब्बतको भूगोलको किताब ‘द्जाम-ग्लिङ-ग्योस-बसाद’ ले तालमा भएको मूर्ति (फाग्स–पा थग्स्ज्रे- चेन–पो) अर्थात् अवलोकितेश्वरको मानेको छ। ‘त्यहाँ ताल जस्तो पोखरीमा मानव आकरको प्राकृतिक ढुङ्गाको मूर्ति छ। त्यो मूर्ति खरानी९नीलो रङको छ, अनुहार गेरू रङको गलबन्दले ढाकेको छ र ९ वटा गोमन सर्पका टाउकाले संरक्षण दिइरहेको त्यो मूर्ति पानीमा उत्तानो परेर सुतिरहेको जस्तो देखिन्छ,’  भनेर हर्क गुरुङले आफ्ना किताबमा लेखेका छन्।

बोन्पो किंवदन्ती अनुसार तामाङ समुदायमा प्रचलित एउटा तथ्य पनि प्रस्तुत गरिहालौं। वैदिक तामाङ भाषा अर्थात शास्त्रीय पूजापाठ गर्ने भाषामा ‘गो’ भनेको टाउको वा शिर हो भने ‘सा’ भनेको भूमि वा माटो भन्ने अर्थ दिन्छ। यसले भार्खुगाउँको सिरान (शिर) को पवित्र हिमालय भूमिमा रहेको कुण्ड हो भन्ने जनाउँछ। गोसाइँकुण्ड नेपाली भाषामा राखिएको नाम हो। तामाङ भाषामा कुण्डलाई कार्पु छोकर (सेतोकुण्ड), ग्यो, ह्वे पनि भन्छन्। छोटकरीमा ल्हा क्षेम्बो मादेउ भनेर पुकार्छन्। ह्याप भनेको पिता, ह्युम भनेको माता हो। यो कुण्डलाई बेनग्यायी छोसा र ल्हाबेन ग्यायी छोसा ९ सयौं बोन्पोहरू भेला हुने पवित्रधाम भनिन्छ। तामाङ समुदायकै गोले वंशको बोन्पो ९ झाँक्रीहरू भने गोसाइँकुण्ड जाँदैनन्। उहिले भैरव कुण्ड (छोना_ को नागले गोले बोन्पो (गुलबोन्पो) लाई तानेर कुण्डभित्र लगेको कथा छ।


विभिन्न धार्मीक समुदायवाट पनि आ९आफ्नै तरिकाको पौराणीक कथन रहेका छन् । डिल्लीराज शर्मा ने ए अ केन्द्र (गोसाइँकुण्डः एक सांस्कृतिक अध्यान) मा उल्लेख गरे अनुसार ‘वरिपरि नांगा पहराहरुले घेरिएको गोसाइँकुण्ड गोसाइ पहाडको काखमा फैलिएर रहेको छ तिब्बती भाषामा यस पहाडलाइ शिशापांगमा भन्छन भने स्थानिय भाषामा ग्वेलछेन भनिन्छ यस्तै नेवारी भाषामा सिलु तीर्थको नामको प्रसिद्ध छ नेपालका संस्कृत ग्रन्थहरुमा यसलाइ गोसाइँकुण्डका अतिरिक्त नीलकण्ठतीर्थ पनि भनिएको पाइन्छ’ यस सम्वन्धि रोचक कथा रामायण महाभारत स्कन्दपुराण शिवपुरण तथा हिमवत्खण्गमा पाइन्छ भनेर डिल्लीराज शर्माले उल्लेख गर्नु भएको छ ।

धार्मिक यात्राको इतिहासको खोजी गर्दा “यक्ष मल्लले गोसाइँकुण्डको यात्रा १५०४ भाद्र १५ गते शुरु गरी भाद्र ३० गते मात्र काठमाण्डौ फर्केको देखिन्छ“ भनि डिल्लीराज शर्माले गोसाइँकुण्डः एक सांस्कृतिक अध्यानमा उल्ल्ख गर्नु भएकोछ उहाँले राजा प्रताप मल्लले रानी पोखरी खन्न लगाइ गोसाइँकुण्ड वाट ६३ भारी जल वोकाइ पोखरीमा खन्याउन लगाएको वताइएको छ त्यसै गरी पृथ्वीनारायण शाह पनि स्नान गर्न गएक उल्लेख गर्नु भएको छ । गोसाइँकुण्डमा सबैभन्दा ठूलो मेला जनै पूर्णिमामा लाग्छ। गोसाइँकुण्ड स्नान गरेर तल झर्दै गर्दा भैरव र नाग कुण्ड देखिन्छ। यो कुण्ड समुन्द्र सतहदेखि  ४ हजार ३ सय ८० मिटरको उचाईंमा रहेको ६ सय मिटर लम्वाइ र ३ सय ७० मिटर चौडाइ भएको नीलो पानीको सरोवर हो।


जनै पूर्णिमा श्रावण नक्षेत्रको श्रावणी पूर्णिमा त्यसदिन खोलानला ताल तलाउ आदिमा हुने स्नानलाई श्रावणी स्नान  ऋषीहरुलाई गरिने पुजा र तर्पण गरिने भएकाले ऋषि तर्पणी भनिएको हो । स्मृति शास्त्र   अनुसार तर्पण भनेर देवता ऋषि र पितृहरुको नाउँ लिएर कुश तिलसहित अँजुली वा अर्घद्वारा जल दान  गरि उनीहरु प्रति आफ्नो धन्यता प्रस्तुत गर्नु हो जव त्यो तर्पण ऋषिहरु प्रति हुने गर्दछ त्यसैलाइ ऋषि तर्पणी भनिन्छ । श्रावण महिना विषेश गरेर ९साउन महिनाका सोमवारमा० महिना भरि शिवजीको महिना भएको भएर होला विभिन्न शिवजीका मठ मन्दिरमा शिवपुराण रुद्रीपाठ तथा भजन कृतन यज्ञ लगाउने चलन बढदै गएको छ त्यसैले होला गोसाइकुण्डको बढदै गएको पाइन्छ ।

नारायण घिमिरेले आफ्नो लेखमा उल्लेख गरे अनुसार वैदिक स्मृतिमा उल्लेख भए अनुरुप महर्षी यज्ञवल्वले आदित्य ब्रह्म अर्थात सूर्यबाट वेद प्राप्त गरेको दिन अर्थात वेद जयन्तीको रुपमा मनाइने संस्कृत दिवस जनै पूर्णीमा हो । संस्कृत भाषामा जनैलाइ यज्ञोपवीत भनिन्छ । यज्ञ र उपवीत शब्द मिलेर बनेको संस्कृत शब्द यज्ञोपवीत को यज्ञ शब्दले वैदिक कार्य भन्ने अर्थ दिन्छ भने उपवीत शब्दको अर्थ शुद्धिकरण लक्ष्य वोकेको पवित्र धागो भन्ने लाग्दछ ।

जनै वन्ने सेतो कपासले सूर्यको सेतो प्रकाश लाइ संकेत गर्दँछ । जनै वनाउने क्रममा तीन सुता भएको धागो लाइ नछिनालिकन संकलन गरेर बराबर पारेर बाटी त्यसलाइ एउटा शिखा वनाइन्छ । यसरी बेनेको तीन वटा शिखा मिलेर तीन पयाको आधारभुत मुख्य नै तयार  हुन्छ तीन पयाको जनैमा रहने नौ वटा धागोको डोरा मध्य एउटा शिखामा रहेका तीन डोरीले वैदिक मान्यताका सृष्टी अर्थात निर्माणको शक्ति व्रह्मा (सरस्वती), संरक्षण र नियमित सञ्चालनको शक्ति विष्णु (लक्ष्मी) पुनः निर्माणको नियतले विनाश गर्ने शक्ति शिव (पार्वती) शक्तिको (देवताहरुको) तीन गुणहरुको सूचकको काम गर्दछ । अर्को शिखामा रहेका तीन डोराले समग्रमा शरीर (कर्म), मन (ज्ञान योग) र वाणीको (उपासन) प्रतिनिधित्व गर्दछ ।

अर्को तीन डोरा ऋषि ऋण (ज्ञान प्राप्ति बापतको ऋण), पितृ ऋण (पुर्खाको वलिदानको ऋण) र सृष्टिकर्ताको ऋण (जीवित रहन सौभाग्य प्राप्तिको ऋण) जिम्मेवारी वोधको सूचक ठानिन्छ । तीन सुते जनैको ९  वटा धागोले पञ्च महाभूतको पाँच गुण आकाश, वायु, अग्निजल र पृथ्वी  जनाउँछ ।  यो बागमती प्रदेशको रसुवा जिल्लामा लामटांग राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने रसुवा जिल्लाका ५ वटा गाउपालिका आमाछोदिङ्मो गाउँपालिका, उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका,  नौकुण्ड गाउँपालिका र गोसाईकुण्ड गाउँपालिका रहेकोमा गोसाइँकुण्ड (साविक भार्खु गा वि स) गाउँपालिका वडा नम्बर ५ मा पर्दछ ।

देशकै तेस्रो पदयात्रा गन्तव्यको रुपमा रहको नेपालको रामसार क्षेत्रमा सूचीकृत १० सिमसार क्षेत्र अन्तर्गत पर्ने गोसाईंकुण्ड धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण ताल हो र क्षेत्र रहेको जैविक, साँस्कृतिक, धार्मिक र पर्यावरणीय हिसाबले धनी रहेको छ । अहिलेको अवस्थामा काठमाडौँको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र साँस्कृतिक हिसाबले राम्रो पदयात्रा मानिन्छ । गोसाइँकुण्ड जान सुन्दरीजल (१८९५ मिटर) बाट यात्रा आरम्भ गरि तामाङ बस्ती, मूलखर्क, उक्लिएपछि आइपुग्छ, बोड्लाङ भन्ज्याङ यो भञ्ज्याङ काटेर अझै उकालो लागेपछि चिसापानी पुगिन्छ। यात्रा चिसापानीदेखि शुरु गरी पाटीभन्ज्याङ, कुटुम्साङ हुदै थारेपाटी पुगिन्छ यहाँबाट पूर्वतिर लागे मिर्चौले खोला हुँदै हेलम्बू पुगिन्छ तर गोसाइँकुण्ड जान उत्तर९पश्चिमको बाटो समाउदै तामाङहरूको वस्ती गोल्फू छेपार गोलभन्ज्याङ तार्केघ्याङ हुदै गोसाइँकुण्ड क्षेत्रको पहिलो कुण्ड सूर्यकुण्ड यहाँबाट केही तल झरेपछि आइपुग्छ, गोसाइँकुण्ड।

त्यसै गरी काठमाडौँबाट टोखा नगरपालिका, शिवपुरी राष्ट्रिय निकुञ्ज, नुवाकोट जिल्लाको साँखु गाउपालिका विदुर नगरपालिका हुदै नुवाकोट जिल्ला र रसुवा जिल्लाको सिमानामा पर्ने वेत्रावती नदी पार गर्दै रसुवा जिल्लाको कालिका स्थान गाउपालिका पार गरी गोसाइकुण्ड गाउपालिका वडा नम्बर ५ मा पर्ने रसुवा जिल्लाको सदरमुकाम धुन्चे पुगिन्छ । धादिङ जिल्ला पर्ने गल्छीबाट नुवाकोट जिल्लाको विदुर नगरपालिका हुँँदै धुन्चे पुगिन्छ ।

गोसाइकुण्ड पुग्न सकिन्छ तर उपरोक्त गोसाइकुण्ड क्षेत्र विकास समिति रसुवाले तोकेको समय अनुसार जनैपूर्णिमा मेलाको समय वाहेक अन्य समयमा पुग्न सकिएला तर मेलाको समयमा पुग्न पक्कै पनि सकिदैन यस मेलामा १२ वर्षका बालबालिकादेखि ८१ वर्ष सम्मका जेष्ठ नागरिकहरु शारिरीक अपांगता भएका व्यक्तिहरु धामीझाक्री रमाइलो र भजन नाचगानका साथ यात्रा गरेको देखियो भिडियो फोटो सेसन र सेल्फी खिच्नेको त कुरै नगरौँ । होटल वास हिसावमा जनैपूर्णिमा थर्पु  (अस्थाइ होटल) माथि उल्लेखित स्थानमा तिर्थयात्रीहरुको चापलाइ मध्यनजर गरी सय भन्दा बढी थर्पु व्यवस्था गरेको पाइन्छ अरु स्थानको तुलनामा वुद्ध मन्दिर नजिक बढी नै हुन्छन् किन कि होटल नभएको र गोसाइकुण्ड पुग्न नजिक भएका कारणले तिर्थयात्रीहरु प्रायः जसो बिहान ४ बजे नै उठेर हिडने हुनाले बुद्ध मन्दिरमा अलि बढीनै चाप हुनु स्वभाविक नै हो ।

एउटा थर्पुमा ४० जना देखि  सय जना सम्म अटाउने गरी लामटाङ  राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गण र गोसाइकुण्डक्षेत्र विकास समितिले तोकेको मापदण्ड अनुसार थर्पुहरु बनाउनु पर्ने र तोकेको दररेट अनुसार खाना नास्ता चिया पानी पनि त्यही  बमोजिम हुने भन्ने वुझियो चन्दनवारी चोलागंपाटी लौरी बिनायक वुद्ध मन्दिरमा नेपाली सेना र अन्य सस्थाका तर्फबाट स्वास्थ्य शिविर संचालन गरेको र बीच बाटोमा कसैलाइ अफ्ट्यारो परेमा तत्काल उद्दारका लागि नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी ।बल स्थानीय संघ सस्था २४ सै घण्टा तयार रहेको पाइयो  ।

हिडन नसक्नेका लागि घोडा भरियाको पनि व्यवस्था गरिएको छ ।  जसले तीर्थयात्रीहरुलाइ अतिनै सहज महशुस भएको थियो। यसै वर्ष गोसाइकुण्डसम्म बिजुली पुगेकाले हिडडुल गर्न र पूजाआजामा सहज महशुस भयो । हामीले गएको भदौ १ गतेदेखि ५ दिनको समय लागेको थियो  ।  भदौ ३ गते जनैपूर्णिमा परेको हुदाँ त्यही दिन पूजाआजा गरि फर्कनेक्रम  शुरु भयो नागों भिरमा उकालो र बिरालो बाटो सागुरो भएकले सुरक्षित यात्रा गर्न अवश्य पर्ने थियो त्यसपछि ओरालो र भिरालो बाटो बुट्यान काँडे धुपी लालीगुरास लगायतका विभिन्न रुखसँग कतै हातेमालो कतै चप्लेटी गर्दै वनमा लाग्ने जुकासँग्ग मायापिरती गाँस्दै मिनी गोसाइकुण्डमा त्रिशूल धाराबाट बगेको पानीमा डुबुल्कीमारी आफ्नो मनोकामना पूरा भएको र स्वस्थ्य रहेको महशुस गर्दै धुन्चे हुदै काठमाण्डौ फक्यौँ।

गोसाइँकुण्ड भ्रमण गराउने लौरी धुन्चेमा आएर फ्याक्नु पर्दा मन खिन्न भएको थियो । यसरी  १७ घण्टा जादाँ र ९ घण्टा फर्कदा यात्राको क्रममा केही साथीलाई स्वास्थ्यमा सामान्य समस्या देखिएता पनि मलाई भने कुनै समस्या भएन । शायद मैले हरेक बिहान गौतम बुद्ध अनलाइन प्रयोगशाला मार्फत योगध्यान र व्यायम गरेका कारणले होला,  आत्मवल बढेको र खुट्टा दुख्ने समेत भएन यसका लागि गौतम वुध्द अनलाइन प्रयोगशाला ललितपुरका संयोजक एकनारायण काफ्ले ज्यूप्रति हार्दिक कृतज्ञता व्याक्त गर्दछु ।

धर्म संस्कार संस्कृति प्रकृति वातावरण वन्यजन्तु संरक्षण गर्दै स्थानीय आर्थिक तथा कृषिजन्य उत्पादनमा वृद्धि स्वरोजगारको स्थापनामा यस्ता मेलाले विशेष महत्व बोकेको हुन्छ नेपाल समय समयमा स्थानीय रीतिरिवाज अनुसार मेला प्रचार प्रसार गर्न अत्यन्त जरुरी छ । यस्ता धार्मिक     तथा पर्यटकीय स्थलमा पैदल यात्रालाई प्राथमिकता दिन स्थानीय समुदाय,  संघ, सस्था  र स्थानीय सरकर तथा प्रदेश सरकारको विशेष भूमिका खेल्नु पर्ने आवश्यकता देखिन्छ ।

पैदल यात्रालाइ सहज बनाउन स्तरीय होटल तथा थर्पु निर्माण गर्दा र एउटा होटल र थर्पुबाट अर्को होटल र थर्पु बीच भागमा फोहर व्यावस्थापन  शौचालय र पानीको व्यवस्थापन गर्न जरुरत देखिन्छ । व्यवस्थित रुपमा सिँडी निर्माण भएमा पर्यावरण र प्रकृर्तिक संरक्षणमा सहयोग पुग्ने देखिन्छ । यस गोसाइँ कुण्डमा हुने गरेका मेलाले विभिन्न जातजाति धर्म समुदायसँग आत्मियता, राष्टियता भावनात्मक एकता गराएको छ  ।  गोसाइँकुण्डमा  ‘सयौँ थुगाँ फूलका हामी एउटै माला नेपाली’  भन्ने सार्थकता पाइन्छ । विभिन्न जातजातिको एकता र सदभावको संगम बनेको छ गोसाइँकुण्ड ।

(पुतलीबजार–१० स्याङ्जा, हाल भक्तपुर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट