
तुलसीपुर । दाङमा मुक्तकमलरीले सामूहिक रुपमा तिल्की धानखेती शुरु गरेका छन् । लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती शुरु गरेका हुन् ।
मुक्तकमलरीले सहकारीमार्फत सामूहिक खेती गरेका हुन् । स्थानीय गन्यारी कृषि सहकारी संस्थामार्फत् यस वर्ष एक बिघा १५ कट्ठामा धानखेती गरिएको अध्यक्ष लक्ष्मी चौधरीले बताउनुभयो ।
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहयोगमा तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा धानखेती गरिएको हो । केन्द्रका अध्यक्ष रावतका अनुसार प्राङ्गारिक खेती हराउँदै गएकाले यसलाई संरक्षण गर्न खेती गरिएको होे ।
तिल्की, सिम्ठारोजस्ता धान स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । तिल्की धानको चामल मिठो हुने र गर्मी खप्न सक्ने धानको रुपमा गाउँघरमा चिनिन्छ । यो जातको धान विगतमा दाङका स्थानीयबासीले लगाउने गर्थे । पछिल्लो समय हाइब्रिड धान कृषकको रोजाइमा परेपछि यो धान लोप हुने अवस्थामा पुगेको छ ।
रैथाने सिमठारो जातको धान पनि रोप्ने तयारी रहेको अध्यक्ष रावतले बताउनुभयो । सबै खालका खेतीमा प्राङ्गारिक मल प्रयोग गर्ने गरेको केन्द्रका अध्यक्ष रावतले बताउनुभयो । घोराहीको बेलुवामा पनि १३ कट्ठामा मुक्तकमलरीले सामूहिक धानखेती गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी
- दुर्गा प्रसाईले आसाममा गरे आत्मसमर्पण, काठमाडौं ल्याइदै