
काठमाडौँ। काठमाडौँको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ ।
झापाको भद्रपुरबाट आज नियन्त्रणमा लिई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईँमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सोही इजलासले उनका सुरक्षासहयोगी दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।
पूर्वराजाका समर्थकहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही कसुरमा राप्रपाका नेताहरु रवीन्द्र मिश्र र डा धवलशम्शेर जबरा पनि अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नयाँ वर्षसँगै पर्यटकीय चहलपहल, व्यवसायी उत्साही
- रवि लामिछानेले थुनामुक्त माग गरेको रिटमा सुनुवाइ सकियो
- जग्गा बैना गर्न बोलाएर पेप्सीकोला प्लानिङबाट ६० लाख लुटपाट
- वीरगञ्जमा निषेधाज्ञा अवधि बढाइयो
- शिक्षकहरु ११ दिनदेखि सडकमा, अझै छैन सहमतिको छाँटकाँट
- कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल
- टिपर दुर्घटना हुँदा चालकको मृत्यु
- अझै बढ्यो सुनको भाउ
- विश्वकप एसिया छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
- बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने