+

काठमाडौँ–बैंकक अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ ।  टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ ।
      
टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्डदेखि काठमाडौँसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

टिवान अध्यक्ष आचार्यले कम्बोडियामा समेत पर्यटन प्रवर्द्धनका बारेमा छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो । सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा त्यो पूरा गर्न यस्ता भ्रमणले सहयोग पुग्ने उहाँको विश्वास छ । 
      
टिवानले हाल काठमाडौँदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गराउँदै आएको छ । नेपालको काँकरभिट्टा नाकादेखि थाइल्याण्डको बैंककसम्म तीन हजार तीन सय ७७ किलोमिटर दूरी रहेको छ । थाइल्याण्डको बैंककबाट नेपाल आउनका लागि वर्मा, बङ्गलादेश, भारत हुँदै काँकरभिट्टा नाकाबाट नेपाल आउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै