
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ पदमार्गसँगै यहाँका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पाहुनाघर र शहीद उद्यान निर्माण थालेको छ । करिब ४ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको हो ।
अहिले ९८ लाख रुपैयाँ लागतमा यहाँ दुई पाहुनाघर, एक सम्पर्क केन्द्र र सभाहल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
यहाँ शहीद उद्यान र विश्रामस्थल निर्माण गरिने उहाँले बताउनुभयो । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिररहेको प्रशासकीय अधिकृत पोखरेलले बताउनुभयो । ‘पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम भइरहेको छ’ प्रशासकीय अधिकृत पोखरेलले भन्न्भयो– ‘अहिले यहाँ ९८ लाखमा बोलपत्र आह्वान गरेर पाहुनाघर भइरहेको काम अन्तिम चरणमा पुगेको छ ।’
यहाँ नागछागा, गोल्मेराजा गोल्मेरानी भिर, धार्मिक क्षेत्र गङ्गा खोला लगायत ऐतिहासिक क्षेत्र छन् । गाउँपालिकाले यहाँ सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न डाग्बुङ पदमार्ग निर्माण गरिरहेको छ ।
गाउँपालिका क्षेत्रका पर्यटकलाई लक्षित गरेर वैकुण्ठमा पाहुनाघर र सहिद उद्यान निर्माण थालिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । डाग्बुङ पदमार्गसँगै यहाँका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । पाहुनाघर तथा सहिद उद्यान निर्माणले यहाँ आउने पर्यटकलाई सहजता थप्ने उहाँ बताउनुहुन्छ ।
गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकाससँगै आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचनासमेत गर्न निर्माण थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । पर्यटनको योजनावद्ध विकास गरेर आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्न सकिने स्थानीय नवीन राईले बताउनुभयो । पर्यटकको आवगमनलाई सुरक्षित र सहज बासका लागि पाहुनाघर र शहीद उद्यान निर्माणले स्थानीयमा उत्साह थपिएको उहाँले बताउनुभयो ।
‘गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा गरिरहेको कामले स्थानीयमा उत्साह बढेको छ’ उहाँले भन्नुभयो– ‘यहाँ धेरै ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र रहेकाले यसको विकास गरेर दिगो आम्दानीको स्रोत बनाउन सक्ने सम्भावना छ । गाउँपालिकाले गरिरहेको कामले हामीमा खुसी थपेको छ ।’
सङ्घ सरकारको विशेष अनुदान र गाउँपालिकाको साझेदारीमा निर्माणको काम भइरहेको छ । विस्तृत परियोजा प्रतिवेदन (डिपिआर) अनुसारका थप संरचना निर्माणसँगै कामलाई निरन्तरता दिन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि १ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी
- दुर्गा प्रसाईले आसाममा गरे आत्मसमर्पण, काठमाडौं ल्याइदै