
काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मन्त्रीको गाडीमा आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका आन्दोनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए। त्यसपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो । स्थिति साम्य पार्न प्रहरीले प्रदर्शनकारीमा अश्रुग्यास र गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर २३ वर्षीय सुजन राउतको मृत्यु भएको छ ।
मन्त्रीको गाडीमा आगजनी भएपछि प्रहरीले त्यसमा संग्लनहरुको खोजी गर्ने क्रममा १८ जनालाई पकाउ गरेको हो । उपत्यका प्रहरी प्रमुख दीपक थापाका अनुसार अहिलेसम्म १८ जनालाई पक्राउ गरिसकेको र घटनामा संलग्न बाँकीको खोजी भइरहेको जानकारी दिनुभएको छ ।
जहाज निर्माणसम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा पनि फाराम भर्न दिइनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
सन् २०२४ मा कोरिया सरकारले करिब १६ हजार युवा लैजाने नीति लिएको छ ।
कोरियाको रोजगार अनुमति प्रणाली(ईपीएसअन्तर्गत भाषा परीक्षामा यसपटक १ लाख ४३ हजारभन्दा बढीको आवेदन परेको छ । आवेदनका लागि तोकिएको ५ दिनमा १ लाख ४३ हजारभन्दा बढीको आवेदन परेको हो । सन् २०२४ का लागि कोरिया सरकारले नेपाललाई १६ हजार जनाको कोटा उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने