
काठमाडौँ । मन्त्रीको गाडीमा आगजनीपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।
कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा उत्रिएका युवाले शुक्रबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी आजगनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनीपछि प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्यो । त्यसपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको हो ।
प्रदर्शनकारीले मन्त्रीको गाडी आगजनीपछि अन्य सवार साधनमा समेत तोडफोड गरेका छन् । ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह तनावग्रस्त स्थिति साम्यपार्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने