
झापा । भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा शहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।
नमूना करेसाबारी प्रवर्द्धन कार्यक्रमका लागि कृषि विकास शाखामा नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र १० बाट सिफारिस भएर छनोटमा परेका नमूना किसानलाई लक्ष्यित गरिएको नगर प्रमुख गणेश पोखरेलले बताउनुभयो । ‘कुहिने फोहरलाई कम्पोष्ट मल बनाउन सके फोहरको सदुपयोग हुन्छ, तरकारी सप्रिनुका साथै वातावरण स्वच्छ राख्न मद्दत पुग्छ’ उहाँले भन्नुभयो ।
यसैगरी नगर उपप्रमुख राधा कार्कीले करेसाबारीमा उत्पादन गरेका खानेकुरा ढुक्क भएर उपभोग गर्न सकिने भएकाले सबै नगरवासीलाई करेसाबारी खेतीमा लाग्न आग्रह गर्नुभयो । ‘हामीले चाहेका बखत उपभोग गर्न पाउने गरी पुदिना, धनियाँ, अकबरे लगायत बिरुवा रोप्न सक्छौँ र सजिलोसँग उपभोग गर्न सक्छौँ । किनेर ल्याएको खानेकुरामा विषादी मिसिएको हुनसक्छ, त्यसैले कसेसाबारीको उत्पादन निर्धक्क भएर खान सकिन्छ’ उपप्रमुख कार्कीले भन्नुभयो ।
कृषि विकास शाखाले पाँच वडाबाट ७५ घरी छनोट गरी स्पे्र ट्याङ्की, तरकारीको बीउ, कुहाउने जैविक झोल, बीउ राख्ने ट्रे, पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेसाबारीका औजार निःशुल्क वितरण गरेको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले राससलाई जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी
- दुर्गा प्रसाईले आसाममा गरे आत्मसमर्पण, काठमाडौं ल्याइदै