
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ ।
कामपाको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपाका प्रमुख बालेन्द्र साह बालेनले जानकारी गराउनुभएको हो ।
कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत उहाँले जानकारी गराउनुभएको हो । खेललाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने र सबै विद्यालयमा अध्ययनरत शारीरिक रुपमा अशक्त विद्यार्थीलाई सहज पठनपाठनको व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ ।
छात्रवृत्तिलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने नीति कामपाले लिएको छ । त्यसैगरी, सामुदायिक विद्यालयको वित्तीय परीक्षणका आधारमा मूल्याङ्कन गरिने बताइएको छ । उहाँले कामपालाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त सहर बनाउने बताउनुभयो ।
आर्थिक विकास क्षेत्रतर्फ कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शत्प्रतिशत छुटको घोषणा गरिएको छ । स्थानीय तहले १० असारभित्र आगामी आवको बजेट ल्याइसक्नुपर्छ । त्यसैका लागि आज कामपाले नीति तथा कार्यक्रम ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै