+

घुससहित अमिन पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार घुससहित अमिनलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले बुधबार नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाललाई ४ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । 

रकमसहित कार्यकक्षबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट