
बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपतिले बुधबार सातौँ बाग्लुङ महोत्सव उद्घाटन गर्दै पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो । ‘विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।
राष्ट्रपतिले मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा अघि बढाउन आह्वान गर्दै झोलुङ्गे पुल र बुट्टेनलीको जिल्लाका रुपमा रहेको बाग्लुङको पहिचानलाई व्यापक प्रचारप्रसार गरेर आम्दानी बढाउनुपर्नेमा जोड दिनुभयो । ‘राजनीतिको उर्भरभूमिका रुपमा रहेको बाग्लुङ आउँदा आफूलाई आफ्नै घर आएजस्तो भयो’ उहाँले भयो – ‘२०४६ सालमा आन्दोलनका क्रममा ४ महिना यहाँ जेलजीवन बिताएको याद भयो ।’ उहाँले त्यसबेला जेलमा बसेका बाग्लुङका राजनीतिकर्मीहरुलाई स्मरण गर्नुभयो ।
‘बाग्लुङ राजनीतिक चेतनाको उर्वरभूमि मात्र होइन, धौलागिरि हिमशृङ्खलासहितका प्राकृतिक छटाले भरिपूर्ण छ, सुसज्जित छ’ उहाँले भन्नुभयो – ‘बाग्लुङ र यस वरपरका क्षेत्र आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ ।’
राष्ट्रपतिले बाग्लुङको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोका रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्रको भ्रमणको लागि प्रेरित गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले ढोरपाटन पर्यटन र शिकारका लागि प्रख्यात क्षेत्र भए पनि धेरै पर्यटक आकर्षित गर्न नसकेको भन्दै यसको प्रचारप्रसारमा विशेष ध्यान दिन सुझाउनुभयो । राष्ट्रपतिले बाग्लुङका कृषि उपज र जडीबुटीलाई प्रदेश सरकारले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै यसको विकासमा उद्योगी– व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
महोत्सवमा पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘बाग्लुङको विकासका लागि सबै सांसद एकजुट हुन आवश्यक छ’ भन्नुभयो । उहाँले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा भइरहेको ढिलाइप्रति जनता आक्रोशित भएका बताउँदै सरकारले आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री देवेन्द्र पौडेल, सांसद देवीप्रकाश भट्टचन र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाग्लुङ महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको विकासमा सहयोग पुग्ने बताउनुभयो । महोत्सव २१ गतेसम्म चल्ने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष नरेश कँडेलले बताउनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय