
बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडलले बाग्लुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । सातौँ बाग्लुङ महोत्सवको उद्घाटनका लागि यहाँ आउनुभएका उहाँले उक्त सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो ।
सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुग्नुभएका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गर्नुभएको थियो । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिनुभयो । बाग्लुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उहाँले उल्लेख गर्नुभयो ।
“मैले बाग्लुङमा धेरै समय बिताए”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले २०४६ सालको जनआन्दोलनमा बाग्लुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिनुभयो । कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उहाँको भनाइ थियो ।
नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । “पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो– “म बाग्लुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पु¥याएका हुन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने