+

घट्यो सुनको भाउ

काठमाडौँ । केही दिनदेखि उकालो लागेको सुनको भाउ आज भने घटेको छ । सुनको मूल्य मंगलबार तोलामा  १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

महासंघका अनुसार  सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छपावाल सुन आज १ लाख ४० हजार ६ सय रुपैयाँमा झरेको छ ।  सोमबार प्रतितोलामा १ लाख ४१ हजार १ सयमा कारोबार भएको तेजावी सुन आज १ लाख ३९ हजार ९ सय रुपैयाँमा  किनबेच भइरहेको छ । 

आज चाँदीको मूल्य पनि तोलामा  ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज चाँदी १ हजार ८ सय ८५ रुपैयाँ भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट