
बारा । जिल्ला ट्राफिक प्रहरी बाराले चालु आर्थिक वर्षको १० महिनामा २ करोड ४३ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार ३ सय सवारीसाधनलाई कारबाही गरी उल्लेखित रकम राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
त्यस अवधिमा शहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए । महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत संचालन गरिएको बताउनुभयो ।
त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने सवारीचालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनालगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेका पौडलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू