
काठमाडौँ । मुस्ताङमा दुई दशक बिताउनुभएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याउनुभएको छ ।
जर्मनीको हिरमरले प्रकाशन गरेको सो पुस्तक आज यहाँ आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो ।
पुस्तक सार्वजनिक गर्र्दै उहाँले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गर्नुभयो । ‘नेपालमा धेरै सुन्दर स्थान छन्’ उहाँले भन्नुभयो– ‘तर मलाई मुस्ताङको सौन्दर्य बढी आकर्षित गयो ।’ पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उहाँको भनाइ छ ।
बज्र बुक्सका प्रमुख विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राख्नुभयो । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य प्रतिगोटा १२ हजार रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह
- प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी