
काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक जीवनमा व्यहोर्नुभएको विभिन्न आरोहअवरोह समेटिएको पुस्तक पूर्वराष्ट्रपति डा रामवरण यादवले मंगलबार एक समारोहकाबीच सार्वजनिक भएको हो ।
लामो समय नेकपा एमालेको नेतृत्व गरेता पनि बाध्यात्मक परिस्थितिकमा कारण नेकपा एकीकृत समाजवादी स्थापाना गर्नुभएका पूर्वप्रधानमन्त्री नेपालको विभिन्न पक्ष समेटेर परमानन्द भट्टले पुस्तक तयार पार्नुभएको हो ।
पूर्वप्रधानमन्त्री नेपालले पुस्तक विमोचनमा इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताउनुभयो । ‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ’ उहाँले भन्नुभयो– इतिहासका महत्वपूर्ण सबै पात्रहरुलाई भन्न चाहन्छु, इतिहासका प्रत्येक घटनाक्रमको बारेमा आफूले देखेका लागेका, अनुभूत गरेका भोगेका सबै कुराहरु लेखेर राख्न आवश्यक छ ।’
पूर्वप्रधानमन्त्री नेपालले नेकपा विभाजन र एकीकृत समाजवादी पार्टी निर्माणमा केन्द्रित रहेर आफूले लेखेको पुस्तक छिट्टै सार्वजनिक हुने समेत खुलासा गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी