
काठमाडौँ । नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रुपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी बारबाही गर्ने जनाएको छ । कामपामा भित्र अहिले एक हजार ९ सय ५३ सहकारी सञ्चालनमा छन् । तीमध्ये ९ सय ५५ ले मात्रै नियमित रूपमा विवरण पेश गर्दै आएको कामपाले जनाएको छ । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेश गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभएको छ ।
नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् ? भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ । प्रमुख त्रिपाठीका अनुसार विवरण पेश गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन थालिसकेको र अनुगमनको क्रममा दोषी ठहर भएकालाई कारबाही गर्ने तयारी विभागको रहेको छ ।
अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने सम्मको तयारी कामपाको छ । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । कामपामा त्यही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन् ।
कामपामा रहेको जम्मा सहकारीमध्ये एक हजार ६ सय २८ वटा बचत तथा ऋण सहकारी, दुई सय ६४ वटा बहुउद्देश्यीय सहकारी, तीन वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, तीन वटा सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन् । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका जम्मा एक÷एक वटा सहकारी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिस्का जात्राः रथले किचेर एक जनाको मृत्यु
- विपिन जोशीको रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनःआग्रह
- परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
- ललितपुरमा पानीट्यांकीमा बालिकाको शव भेटियो
- पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त
- रवि लामिछानेको कैफियत झिकाउन सर्वोच्चको आदेश
- नयाँ वर्षसँगै पर्यटकीय चहलपहल, व्यवसायी उत्साही
- रवि लामिछानेले थुनामुक्त माग गरेको रिटमा सुनुवाइ सकियो
- जग्गा बैना गर्न बोलाएर पेप्सीकोला प्लानिङबाट ६० लाख लुटपाट
- वीरगञ्जमा निषेधाज्ञा अवधि बढाइयो