+

‘स्थानीय सिपीमा मोतिपालन गर्ने प्रविधि’ विमोचन

पोखरा । वरिष्ठ वैज्ञानिक डा मोहमद ईकवाल हुसेनद्वारा लिखित ‘स्थानीय सिपीमा मोतिपालन गर्ने प्रविधि’ विषयक पुस्तक विमोचन गरिएको छ ।

‘मत्स्य जैविक विविधता, खाद्य सुरक्षा तथा पोषण र आयआर्जनको एक मात्र आधार मत्स्य अनुसन्धान’ नाराका साथ मत्स्य अनुसन्धान केन्द्र पोखराद्वारा ३३औँ नेपाल कृषि अनुसन्धान परिषद् स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस्तक  विमोचन गर्नुभएको हो । मत्स्य अनुसन्धान केन्द्र पोखराको पोखरीमा र तालहरुमा गरिएका सिपिमा मोतिपालनसम्बन्धी अनुसन्धानात्मक प्रयासको अनुभवको आधारमा पुस्तक तयार गरिएको हो । 

पुस्तकमा नेपालमा सिपिमा मोतिपालनसम्बन्धी अनुसन्धानको शुरुवात र यसको अनुसन्धानात्मक अद्यावधिकको बारेमा चर्चा गरिएको पुस्तकका लेखक एवम् मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा हुसेनले बताउनुुभयो । कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले सिमसार एवम् जैविकि विविधताको संरक्षण साझा दायित्व भएको बताउनुभयो । सिमसार र एवम् जैविक विविधताको संरक्षण हुन नसक्दा कार्वन उत्सर्जनको अवस्था बढिरहेको उल्लेख गर्दै उहाँले भावी पुस्ताका लागि पनि स्वच्छ वातावरण उपलब्ध गराउने गरी लाग्नु जरुरी रहेको बताउनुभयो । डढेलो लगाउनेलाई कारबाही हुनुपर्ने मुख्यमन्त्री अधिकारीले बताउनुभयो । वातावरणीय संरक्षणसँगै रैथाने प्रजातिको संरक्षण अपरिहार्य भएको उहाँको भनाइ छ । 

मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मोहमद ईकबाल हुसेनले नेपालमा सिपीमा मोतिपालनको सम्भावना अध्ययनको मुख्य उद्देश्यका साथ नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत मत्स्य अनुसन्धान केन्द्र पोखरामा अनुसन्धानको थालनी भएको जानकारी दिनुभयो । लगातारको परीक्षणको प्रयासले सफल नतिजा हासिल भई विभिन्न मूर्तिका छायाँ प्रति (डिजाइनर) र अर्ध गोलाकार मोति प्राप्त भएको उहाँले बताउनुभयो । 

मत्स्य अनुसन्धान केन्द्र, पोखराले पोखरा उपत्यकाका तालहरूको जलिय वातावरण अध्ययनका साथै माछाका भुरा उत्पादन तथा आपूर्ति, विभिन्न अनुसन्धानका साथै माछापालन प्रविधि विषयका विभिन्न पुस्तकलगायत प्रकाशन आदि काम गर्दै आएको प्रमुख हुसेनले जानकारी दिनुभयो । माछाका भुरा उत्पादन तथा वितरण, शुद्ध नश्लको हुर्कौला माउ माछाको वितरणलगायत काम पनि केन्द्रबाट भइरहेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा लिबर्ड पोखराका कार्यकारी सदस्य लेखनाथ ढकाल, रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारी लगायतले यहाँका तालतलैयामा माछाको उत्पादन बढाउँदै बाहिरबाट गरिँदै आएको माछाको आयात रोक्नुपर्नेमा जोड दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै