तनहुँ । भानु नगरपालिका–१ रहेको सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थल बनाइने भएको छ । भानु नगरपालिका नगरपालिकाले सतीघाटलाई ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना बनाउँदैछ ।
हिमालबाट आएको कर्मदा नदी (मस्र्याङ्दी किनार) सतीघाट (गाईथुने( लाई ऐतिहासिक, धार्मिक र साहित्यिकस्थलका रुपमा विकास गर्न गुरुयोजना बन्ने भएको हो । राष्ट्रिय विभूति एवं नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यको समाधीस्थल सतीघाट क्षेत्रलाई प्रवर्द्धन गरी व्यवस्थित र आधुनिक शवदाहस्थल निर्माण गर्नका लागि गुरुयोजना बनाउने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । ऐतिहासिक, धार्मिक र साहित्यिक तीनै क्षेत्रबाट महत्त्वपूर्ण रहेको सतीघाटधामको समग्र विकास गर्न लागिएको उहाँले बताउनुभयो ।
‘त्रिपक्षीयरुपमा सतीघाट महत्त्वपूर्ण छ’ उहाँले भन्नुभयो– ‘यस्ता ऐतिहासिक, धार्मिक र साहित्यिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो जिम्मेवारी र दायित्व हो । त्यही अनुरुप गुरुयोजना बनाएर अगाडि बढ्ने लक्ष्यका साथ काम हुँदैछ ।’
नगर उपप्रमुख उमा गोतामेले सतीघाट धार्मिकरुपमा निकै महत्त्वपूर्ण स्थान भएको उल्लेख गर्नुभयो । ‘आदिकवि भानुभक्त आचार्यको समाधीस्थल भएकाले ऐतिहासिक एवं साहित्यिकरुपमा पनि यसको संरक्षण र प्रवर्द्धन गर्नसके यस क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ’ उहाँले भन्नुभयो । हरिबोधनीको एकादशीका दिनमा मस्र्याङ्दी नदीमा फूलडोली, तोरन टाँङ्ने परम्परा रहिआएको जनाउँदै उहाँले यस धामलाई प्रतिष्ठानका रुपमा विकास गर्न गुरुयोजना बनाउने पहल भइरहेको उहाँले बताउनुभयो । आदिकविको नामसँग जोडिएको नगरपालिका भएकाले पनि यस क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिएको उहाँको भनाई छ ।
नगरपालिकाको आगामी हिउँदे अधिवेशनमा यस क्षेत्रमा बाटो र ट्रस निर्माणका लागि बजेट विनियोजन गरेर काम गर्ने योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताउनुभयो । बजेट विनियोजन भएपछि निर्माण अगाडि बढाउने योजना बनाइएको भन्दै अहिले आवश्यक छलफल र परामर्श भइरहेको उहाँले जानकारी दिनुभयो ।
सतीघाटधाम विकासका लागि समितिमार्फत काम गर्न सहज बनाउने उद्देश्यले तदर्थ समिति गठन गरिएको छ । भानु नगरपालिकाको संरक्षकत्वमा १५ सदस्यीय तदर्श समिति गठन गरिएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ आयोजित सरोकारवालाको भेलाले भानु–१ निवासी कृष्णकुमार श्रेष्ठको अध्यक्ष्यतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा भानु–१ का प्रेमबहादुर थापा, सचिवमा भानु–५ का दीपक थापा, कोषाध्यक्षमा भानु–१ का भरत बानियाँलाई चयन गरिएको छ । समितिको सदस्यमा भानु–१ का मिठु गन्दर्भ, ईश्वरी थिङ त्रिपाठी, सोम तामाङ, सुरेन्द्र कुमार श्रेष्ठ र रनबहादुर विक, भानु–२ का शिवदत्त ढकाल, भानु–३ का पुनम श्रेष्ठ र लक्ष्मी चिलुवाल त्रिपाठी, भानु–४ का शंकर रानाभाट, भानु–६ का ध्रुव थापा र हरि ढकाल चयन हुनुभएको छ । उक्त भेलाबाट सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको तदर्थ समितिका सचिव दिपक थापाले जानकारी दिनुभयो ।
‘नेपाली भाषा एकीकरणका नायक आदिकवि आचार्यसँग सम्बन्धित कयौँ विषयवस्तु र क्षेत्रका बारेमा खोज तथा अनुसन्धान गर्नुपर्ने छ’ उहाँले भन्नुभयो – विश्वव्यापीरुपमा प्रख्यात व्यक्तित्व भानुभक्तको पुस्ता, उहाँको जीवनी, जन्मस्थल, बाल्यकाल, युवा अवस्था र वृद्धावस्थाका साथै उहाँको अन्त्येष्टिलगायत विषय खोजी गर्नुपर्ने देखिन्छ ।’ सचिव थापाका अनुसार तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित धर्मशाला ९शिखर कटेरी० मा १८७१ साल असार २९ गते जन्मनुभएका आचार्यको बाल्यकाल, युवा र वृद्धावस्था, उहाँको अन्त्येष्टिका विषयमा प्रचारप्रसार र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेका छन् ।
भानुभक्तको १९२५ साल असोज ७ गते देहावसन भएको थियो । देहावसनको मिति शिलापत्रमा लेखिएको पाइएको भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार प्रचारप्रसार नभएकाले भानुभक्तको निधन भएपश्चात् उहाँको पार्थिव शरीरको अन्त्येष्टि (समाधि) गरिएको स्थानका बारेमा अधिकांश साहित्यकार तथा साहित्यसँग सम्बन्धित सङ्घसंस्था वा स्थानीय नै जानकार छैनन् ।
जन्मस्थलको विकास, संरक्षण र प्रवर्द्धन पनि प्रभावकारीरुपमा हुन नसकेको भन्दै समाधिस्थल थप ओझेलमा परेको रानाभाटको भनाई छ । आचार्यका बारेमा सरकारी पक्ष र उहाँकै सन्ततिबाट खोज तथा अनुसन्धान हुनुपर्ने भन्दै नगपालिकाले थालेको गुरुयोजनाबाट यस स्थानको प्रचारप्रसार हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । ‘भानुभक्तको जन्मस्थल र उहाँसँग जोडिएका क्षेत्रको जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन’ उहाँले भन्नुभयो– अधिकांश व्यक्तिलाई भानुभक्तको जन्मस्थलको बारेमा जानकारी भए पनि उहाँसँग सम्बन्धित केही स्थानका बारेमा हालसम्म अनभिज्ञ छन् । राष्ट्रिय विभूती भानुभक्तको अन्त्येष्टि गरिएको स्थानका बारेमा थप खोजी गरी यसको संरक्षण गरिनुपर्छ ।’ रानाभाटका अनुसार मस्र्याङ्दी करिडोर (हिमालबाट आएको कर्मदा नदी) अन्तर्गत तनहुँको भानु–१ सतीघाट (गाईथुने) मा भानुभक्तको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो ।
ऐतिहासिक एवं धार्मिकरुपमा परिचित अन्त्येष्टिस्थल सतीघाटको बारेमा अधिकांश मानिस अनविज्ञ छन् । भानुभक्तसँग सम्बन्धित स्थानको संरक्षण र संवद्र्धनमा स्थानीयले चासो नदिँदा विशेष महत्त्व राख्ने यस क्षेत्र ओझेलमा परेका हुन् ।
त्यस समयमा नेपालका सनातनी ब्राह्मणले आफ्नो अन्त्यावस्था तीर्थस्थलमा बिताउने अभिलाषा राख्दथे । त्यही अनुरुप भानुभक्तलाई पनि अन्त्यावस्थामा मस्र्याङ्दी नदीको सतीघाट ९गाईथुने०मा लगी जलाश्रयमा राखिएको उल्लेख छ । यो घाट चुँदीबेसीबाट करिब दुई कोस पूर्वमा पर्दछ । यस ठाउँ डुम्रेबाट भन्सार हुँदै लमजुङतर्फ जाने मुख्य राजमार्गको नजिकै पर्दछ ।
सतीघाट (गाईथुने) मा २ वटा घाट रहेका जन्मस्थल विकास समितिका निर्देशक रानाभाटले जानकारी दिनुभयो । रानाभाटका अनुसार दुई घाटमध्ये माथिल्लो मन्दिरसमेत रहेको स्थानमा भानुभक्तको अन्त्येष्टि गरिएको हो । उहाँले भन्नुभयो– ‘तल्लो घाटमा गाउँका अन्य व्यक्तिको अन्त्येष्टि गरिन्छ । माथिल्लो घाटमा समाजका प्रतिष्ठित व्यक्तित्वको अन्त्येष्टि गर्ने प्रचलन थियो । त्यसैले माथिल्लो घाटमा नै उहाँको अन्त्येष्टि गरिएको हो ।’
आर्थिक अवस्था, सडक तथा सवारी अभावलगायत कारणले पार्थिव शरीरको अन्त्येष्टिका लागि अन्यत्र लैजाने प्रचलन नभएको रानाभाटले बताउनुभयो । उहाँसँग सम्बन्धित केही पुस्तकमा सतीघाटका बारेमा उल्लेख भएको जनाउँदै यस क्षेत्रको विकास र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको उहाँको भनाई छ । भानुुभक्तका पनाती हरिनाथ आचार्य भानुभक्तको अन्त्येष्टि गरिएको स्थान सतीघाट भएको बताउनुभयो । उहाँको अन्त्येष्टि सतीघाटमा भएको सुन्दै आएको उहाँले बताउनुभयो । ‘पहिलेदेखि सतीघाटको प्रवर्द्धन गर्न सकिएको छैन’ उहाँले भन्नुभयो– आदिकवि भानुभक्तको समाधि स्थलको प्रचारप्रचार नहुँदा ओझेलमा परेको छ । यसलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्छ ।’
‘राष्ट्रिय विभूतीको सम्मान भइसकेपछि उहाँसँग सम्बन्धित स्थानहरु त्था समाधिस्थलको पनि विकास र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्नुपर्छ । जसले गर्दा यस क्षेत्र सदैव जीवन्त रहोस्’ पनाती आचार्यले भन्नुभयो । भारतमा गान्धीको समाधि स्थललाई विकास र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनसँग जोडेर आयसँग जोडिएको उहाँले उदाहरण दिनुभयो । उहाँले भन्नुभयो– ‘त्यहीअनुरुपमा नै यस क्षेत्रमा रहेको भानुभक्तको समाधिस्थललाई धार्मिक पर्यटनसँग जोडी यहाँको आयवृद्धि गर्न सक्नुपर्छ ।’
नगरपालिकाले भानुभक्तसँग सम्बन्धित विषय तथा समाधिस्थलको संरक्षण, प्रवर्द्धन र विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख त्रिपाठीले बताउनुभयो । ‘जन्म, बाल्यावस्था र वृद्धावस्था, उहाँले गर्नुभएका कामका बारेमा विभिन्न शिलापत्र तथा पुस्तकमा उल्लेख भए पनि समाधिस्थलको कमै मात्र चर्चा हुने गरेको छ’ उहाँले भन्नुभयो – यसलाई विकास गर्न आवश्यक भएकाले नगरपालिकाले गुरुयोजना बनाएर लागिपरेको छ ।’
धार्मिक तथा ऐतिहासिक क्षेत्र सतीघाट
भानुभक्तको समाधिस्थल मात्रै नभएर यस ठाउँ धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमा सतीघाटलाई लिने गरिएको छ । डुम्रे भन्सारमा सामान ढुवानी र मुख्य आवतजावतको स्थलका रुपमा पनि सतीघाट परिचित छ ।
डुम्रे बजार मुख्य व्यापारिक केन्द्र हुँदा त्यहाँबाट सामग्री ल्याएर बिक्री वितरणका लागि लैजान पनि यही बाटो हुँदै डुङ्गा, काठको फेरीमार्फत मस्र्याङ्दी नदी पार गरी गोर्खा हुँदै नुवाकोट, काठमाडौँ पु¥याउने गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा भन्सार रहेको र यस क्षेत्रमा नै कर लिने प्रचलन थियो ।
सतीघाट परापूर्वकालदेखि नै धार्मिक एवं ऐतिहासिकरुपमा महत्त्वपूर्ण रहेको त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार विशेषगरी बुटवलबाट बन्दीपुर हुँदै आएका कपडा तथा खाद्यान्न सामग्री गोरर्खा, नुवाकोट हुँदै काठमाडौँ लगिने गरिन्थ्यो । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको यस स्थानको विकास र संरक्षणका लागि गुरुयोजना निर्माणको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
भानुभक्तसँग सम्बन्धित विषय भएकाले जनस्तरसँग समन्वय गर्दै सतीघाट संरक्षण समिति तथा संवद्र्धन समिति निर्माण गरी गुरुयोजना बनाउने र समितिमार्फत विकास गर्ने तयारी गरेका छौँ’ त्रिपाठीले भन्नुभयो– ‘यसका लागि बजेट पनि विनियोजन गर्ने छौँ । पुरानो क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पुल निर्माण गर्ने योजना बनाएका छौँ ।’
बाइसेचौबिसे राज्यका बेलामा सेनाले पदयात्रा गर्ने मुख्य नाका यही रहेको उहाँले जानकारी दिनुभयो । बाइसीरचौबिसी राज्यका बेलामा सेनासहित पृथ्वी नारायण शाहले बाटो प्रयोग गरेको इतिहास छ । शाहले राज्य एकीकरणको समयमा कालु पाण्डेलगायत सेना सतीघाट (मस्र्याङ्दी नदी) पार गरी आवतजावत गर्ने मुख्य बाटो भएको स्थानीय बताउँछन् । तनहुँ सुरका राजा, गोर्खाली राजा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने मुख्य नाका यही भएकाले यसक्षेत्र विशेष महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते