काठमाडौँ । जापानमा रोजगारी घटेको छ ।
जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा ३ वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव ०२ अङ्कले घटेर एक दशमलव २९ मा झरेको छ ।
मार्चका लागि, रोजगार अनुपात फेब्रुअरीदेखि शून्य दशमलव ०२ ले बढेर एक दशमलव २८ पुगेको थियो । यसले प्रत्येक एक सय जनाका लागि एक सय २८ रोजगारी उपलब्ध भएको जनाउँछ । मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्नेहरूले आफ्नो हालको पदहरूमा तलब बढ्ने अनुमान गरेका कारण यो वृद्धि भएको हो ।
मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १० दशलवलव ८ प्रतिशतले घटेको छ । जीवनशैली र मनोरन्ञ्जन सेवा क्षेत्र र शिक्षा क्षेत्र दुवै १० दशमलव ५ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते