इलाम। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले ८१ मतले अग्रता लिनुभएको छ ।
फाकफोकथुम १ र २ को गणना सक्दा कांग्रेस उम्मेदवार डम्बर खड्का नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ भन्दा थोरै मतले अगाडि पर्नुभएको हो । फाकफोकथुम १ र २ को गणना सक्दा कांग्रेकिा खड्काले १ हजार १ सय ४५ मत पाउनुभएको छ । एमाले उम्मेदवार सुहाङ १ हजार ६३ मत पाउनुभएको छ ।
पहिचानवादी पक्षका उम्मेदवार डकेन्द्र थेगिमले ३ सय ११ मत प्राप्त गर्नुभएको छ । मुलुकको राजनीतिमा पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनमा निकै पछाडि परेको छ । रास्वपा उम्मेदवार मिलन लिम्बूको २ सय ९ मत मात्र प्राप्त गर्नुभएको छ ।
फाकफोकथुम १ र २ को मतगणना सक्दा कांग्रेस अन्य उम्मेदवारको तुलनामा अगाडि देखिए पनि उसको भोट विगतमा भन्दा घटेको छ । २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार खड्काले फाकफोकथुम १ बाट ८ सय ९ मत पाउनु भएको थियो । त्यसबेला कांग्रेससँगको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले सामानुपातिकमा २ सय ६० मत ल्याएको थियो । त्यो वडामा विगतमा भन्दा मतदाता थपिँदा समेत खड्काले अहिले ६ सय ५७ मत मात्रै पाउनुभएको छ ।
कांग्रेसको गढ मानिएको यी दुई वटा वडामा एमालेले भने विगतमा भन्दा मत बढाएको छ । २०७९ मंसिरको निर्वाचनमा कांग्रेसका उम्मेदवार खड्का यी दुई वटा वडा गन्दा एमालेका तत्कालीन उम्मेदवार सुवास नेम्वाङ भन्दा ४ सय ४३ मतले अगाडि पर्नु भएको थियो । तर अहिले केही मतदाता थपिए पनि खड्काको मत अन्तर विगतमा भन्दा खस्किएर ८१ मा झरेको छ । एमालेले अघिल्लो निर्वाचनमा भन्दा यस पटक ३ सय ६२ मत थपेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
- कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने
- समिति गठन नभएसम्म संसद् बैठक अवरोध जारी रहन्छ : महामन्त्री थापा
- गृहमन्त्री लामिछानेको देउवालाई प्रश्न : प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
- धानलाई मल अभाव हुन्न : कृषि मन्त्रालय
- अवैध ‘प्रिन्स क्रसर’लाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन
- पुल एकातिर, खोला अर्कैतिर
- गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
- प्रतिनिधिसभा बैठक फेरि सर्यो
- बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते आउने