
पाँचथर । किरात धर्मशास्त्र मुन्धुममा आधारित ठाउँको प्रचार गर्न जिल्लामा ‘सेहोनाम्लाङ’ साँस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।
मुन्धुममा वर्णन भएको लिम्बू समुदायको उत्पति भएको मानिने ठाउँ सेहोनाम्लाङ (छाला सुकुवा डाँडा) सहितका क्षेत्रको प्रचारका लागि फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा चैत २६ गतेदेखि वैशाख २ गतेसम्म महोत्सव हुने भएको हो । सेहोनाम्लाङको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
सेहोनाम्लाङ क्षेत्र र लिम्बू समुदायको उत्पतिसम्बन्धी किंवदन्तीका दुई पात्रहरु नामसामी र केसामीबारे छलफल गर्ने आयोजक समितिका सचिव सूर्यप्रकाश चेम्जोङले जानकारी दिनुभएको छ । महोत्सव करिब ४० लाखको लागतमा गर्न लागिएको हो । महोत्सवमा सेहोनाम्लाङ क्षेत्रमा नियमित भ्रमण गराउने, कृषिजन्य वस्तु प्रदर्शनीमा राख्ने, सेहोनाम्लाङबारे विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
आदिवासी जनजातिका कला संस्कृति सम्वर्द्धनबारे वहस, कृषि तथा पर्यटनसम्बन्धी गोष्ठी, लोकसंस्कृतिमा आधारित कार्यक्रम, विभिन्न खेलकुद प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष डिएम आङ्देम्बेले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह