
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा गर्नुपर्ने नीतिगत र कानुनीलगायत सुधारका सवालमा सरोकार भएका पक्षसँग निरन्तर परामर्श गर्नुभएको छ ।
विद्यालय शिक्षा विधेयक र नेपाल पूर्वाधार विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको र उच्च शिक्षा विधेयक सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको स्थितिमा सरकार पुनःगठन भएपछि विषयवस्तुलाई कसरी अगाडि भन्ने सन्दर्भमा शिक्षामन्त्रीले औपचारिक र अनौपचारिकरुपमा सुझाव लिन थाल्नुभएको हो ।
मन्त्री श्रेष्ठले मन्त्रालयका उच्च अधिकारी, विभिन्न निकायका प्रमुख, स्थानीय तह, नेपाल शिक्षक महासङ्घ, विभिन्न संस्था, शिक्षा विधामा कलम चलाउने पत्रकारलगायतसँग सुझाव लिनुभएको छ । मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालका माध्यमबाट पनि शिक्षामा गर्नुपर्ने सुधार र कामका सन्दर्भमा सुझाव दिन आह्वान गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले केही समय सम्बन्धित पक्षसँगको परामर्शपछि आफूले कार्ययोजनासहित गर्नुपर्ने कामबारे सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह