
कञ्चनपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई सुदृढ र राष्ट्रिय शक्ति बनाउन पार्टीे ‘मिसन ८४’मा लागेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै निर्वाचन र यसको परिणामले कसको शक्ति कस्तो छ ? भन्ने स्पष्ट पार्ने बताउनुभयो। ‘हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रुपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ’ अध्यक्ष ओलीले भन्नुभयो– ‘यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।’
एमाले अध्यक्ष ओलीले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसँग सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह